बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा ९ लाख जरिवाना तोकिएका फरार पक्राउ

आइतबार, १५ माघ २०७९, १६ : ४०
आइतबार, १५ माघ २०७९

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भएर ललितपुर महानगरपालिका वडा नम्बर–९ बस्ने ४७ वर्षका भीमबहादुर तामाङ छन् । 

ललितपुर उच्च अदालतले २०७८ साउनमा भीमबहादुरविरुद्ध ९ लाख ६० हजार बिगो तथा जरिवाना र ३ दिन कैद सजाय हुने फैसला गरेको थियो । उनलाई ३८ हजार क्षतिपूर्ति भराउने फैसला भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए । 

प्रतिवादी तामाङलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप