गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त
आइतबार, १५ माघ २०७९, १८ : ०२
पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा डा.गिरधारि शर्मा पौडेल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोहोर्याएर आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका पालामा पनि पौडेल योजना आयोगको उपाध्यक्ष थिए । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता रोशन गाहामगरले बताए । पौडेल हाल युएनडिपीमा कार्यरत छन् । उनको स्थायी घर स्याङ्जा आँधीखोला गाउँपालिका हो ।
यस्तै आयोगको सदस्यमा डाक्टरद्वय सुवास अधिकारी र शान्तकुमारी खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता मगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही