शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

काठमाडौं आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड

आइतबार, १५ माघ २०७९, १९ : ०७
आइतबार, १५ माघ २०७९

काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । 

नुल्यान्ड दुई दिन नेपालमा  रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नेछिन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्। 

अमेरिकी सरकारले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र केही सांस्कृतिक सम्पदास्थलको समेत उनले अवलोकन गर्नेछिन् ।

viktoriayaviktoriaya1viktoriaya2viktoriaya3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप