शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट तथा सेल्स मिसन सुरु

आइतबार, १५ माघ २०७९, १९ : ५७
आइतबार, १५ माघ २०७९

नेपालगन्ज । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचार–प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिसन सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवर्द्धन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघ संघसंस्थाहरुको आयोजनामा मार्ट सुरु भएको हो ।

दोस्रो संस्करणको रूपमा आयोजना गरिएको सेल्स मिसन माघ १५ देखि १७ गतेसम्म चल्ने छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नाट्टा विभिन्न एअरलाइन्स तथा भारतबाट ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई)बाट कार्यकारी पदाधिकारी, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सीमावर्ती सहरका टुर अपरेटर र आन्तरिक पर्यटन व्यवसायी तथा भारतीय सञ्चारकर्मी गरी करिब ३०० जना सहभागी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै बाँके जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसद डा। धवल शमशेर जबराले नेपाल भारतको लागि नजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउँदै यसको लाभ लिन भारतीयहरुलाई आग्रह गरे । उनले छिट्टै नै नेपालजञ्जबाट दिल्ली, देहरादुन लगायतका सहरमा सिधा उडानको लागि पहल भइरहेको जानकारी दिँदै यसबाट दुवै देशले फाइँदा लिन सक्ने बताए ।

यस्तै टाइका अध्यक्ष ज्योति मयालले नेपाल भारत मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशीलता ल्याउन सकिने भन्दै यसको सहकार्यको लागि टाई सधैँ सकारात्मक रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले भारत नेपालको महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेकोले पर्यटन बोर्डले भारतलाई विशेष महत्त्व दिएको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट भारतीय व्यवसायीहरूलाई समेत नेपालबारे थप बुझ्ने र सहकार्यको सम्भावना विस्तार हुने बताए ।

नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनको लागि उत्कृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधैँ तयार रहेको बताए । यस्तै नाटाको निवर्तमान अध्यक्ष अच्युत गुरागाईँले पश्चिम नेपाल आफैमा सुन्दर पर्यटकीय गन्तव्य रहेको र यो कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए । पश्चिम नेपालको पर्यटनमा नयाँ र फरक सोचका साथ पर्यटकीय सम्भावनाको खोजी, विकास र व्यवसायिक विस्तारका लागि मार्ट सहयोगी हुने नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

मार्टमा आइताबार बीटुबी सेसन, नेपाल भारत पर्यटनबारे प्यालन डिस्कसन तथा सोमबार ट्राभल मार्टमा सहभागी भारतीय टुर अपरेटरहरुलाई बुद्ध एयरमार्फत  पहिलोपटक कैलाश मानसरोवर दूरदर्शन उडान, बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी तथा तेस्रो दिन टाइको  अधिवेशनसहित समापन कार्यक्रम आयोजना गरिने बोर्डका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए । यस्तै कर्णाली नदीमा ¥याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय सांस्कृतिक झाँकीहरूको अवलोकन गराइने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप