बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति जरदारीमाथि ‘आधारहीन’ आरोप लगाइएको सरिफको दावी

आइतबार, १५ माघ २०७९, २१ : ३२
आइतबार, १५ माघ २०७९

इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अली जरदारीविरुद्ध पूर्वे ‘आधारहीन’ आरोप लगाइएको दावी प्रधानमन्त्री शहवाज सरिफले गरेका छन् । पूर्व राष्ट्रपति जरदारीविरुद्ध पूर्व प्रधानमन्त्रीसमेत रहेका पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले ‘आधारहीन’ आरोप लगाएर उनको अपमान गरेको प्रधानमन्त्री सरिफले बताएका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गत शुक्रबार आसिफ अली जरदारीलाई आतङ्कवादी सङ्गठनलाई ठेक्का दिएर आफ्नो हत्या गर्ने योजनामा संलग्न रहेको आरोप लगाएका थिए ।  पत्रकार सम्मेलनमा बोल्दै खानले कथित षडयन्त्रलाई ‘प्लान सी’ को संज्ञा दिएको जरदारीले हत्याको असफल प्रयासका लागि आतङ्कवादी संगठनलाई पैसा दिएको आरोप लगाएका थिए ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का सहअध्यक्ष जरदारीलाई मुख्य षडयन्त्रकारीको आरोप लगाउँदै खानले आफ्नो हत्याका लागि नयाँ योजना बनाइएको दाबी गरेपछि सरिफको प्रतिक्रिया आएको हो ।

“इमरानजीले पूर्व राष्ट्रपति जरदारीविरुद्ध लगाएको आधारहीन र खतरनाक आरोप गैरजिम्मेवार मात्र होइन, आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध द्वेष फैलाउने षडयन्त्रको सिद्धान्तसँग पनि मेल खान्छ,” शहबाज सरिफले ट्वीटमा भनेका छन् ।

उनले खानको ‘निरर्थक बयानबाजी’ राजनीतिक रूपमा सान्दर्भिक रहने प्रयास भएको बताएका छन् । सरिफले लेखेका छन्, “यस्तो निरर्थक बयानबाजी राजनीतिक रूपमा सान्दर्भिक रहने प्रयास हो । सत्ताका लागि समाजलाई विभाजित गर्न उहाँले घृणाको राजनीति कसरी प्रयोग गर्नुभएको छ भन्ने कुरा सिङ्गो राष्ट्रलाई थाहा छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप