आइतबार, २५ कात्तिक २०८१
ताजा लोकप्रिय

बाँकेमा श्रीमती र २ वर्षे छोरालाई युवकले पेट्रोल छर्केर लगाए आगो

बच्चाको मृत्यु, आरोपी पक्राउ
सोमबार, १६ माघ २०७९, ०८ : ०६
सोमबार, १६ माघ २०७९

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । 

बुवाले लगाएको आगोले जलेर प्रिन्सको गएराति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको थियो । गंगा बिकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई भारत तर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप