रवि पुनः सभापति भएसँगै रास्वपाको प्रदेशस्तरीय बैठक तय
सोमबार, १६ माघ २०७९, ०८ : ०९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठकको मिति पुनः तय गरिएको छ । सभापतिमा रवि लामिछाने पुनः चयन भएसँगै आइतबार बसेको केन्द्रीय समिति बैठकले माघ २१ प्रदेशस्तरीय विस्तारित बैठक सुरु गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
पार्टीको निर्णयअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ । तर, प्रदेश नम्बर १, मधेस प्रदेश र बागमती प्रदेशमा हुने विस्तारित प्रदेश बैठकका छिट्टै निर्णय हुने प्रवक्ता ढकालले जानकारी दिए ।
लामिछानेको नागरिकता अवैध भएको ठहर भएपछि पार्टीले बैठक स्थगित गरेको थियो । तर आइतबार नै लामिछानेले प्रशासनबाट नागरिकता पुनः कायम गराएपछि पार्टीमा कमब्याक गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी
-
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
-
रेशम चौधरीले लिए नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार
-
नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र सचिव मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चार जनाविरुद्ध १५ करोड बिगो कायम गरी मुद्दा दर्ता
-
चितुवाको छालासहित पाँचजना पक्राउ