मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सभापति देउवा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

सोमबार, १६ माघ २०७९, १२ : ००
सोमबार, १६ माघ २०७९

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन्।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । उनका अनुसार देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिएका थिए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप