प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल
सोमबार, १६ माघ २०७९, १२ : ०४

सिन्धुपाल्चोक । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताएका छन् । मन्त्री भएपछि पहिलोपटक आइतबार सिन्धुपाल्चोक आएका उनले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यामिक विद्यालयमा लागू गर्ने बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवाको श्री डडुवा भवानी शङ्कर माध्यामिक विद्यालयको ६२ औंँ वार्षिकोत्सवका बोल्दै मन्त्री दुलालले विद्यार्थीको स्वास्थ्यका लागि कार्यक्रम आवश्यक भएको बताए ।
आफू सामाजिक विकासमन्त्री हुँदा कार्यक्रम सुरुआत गरिएको भन्दै उनले यसले आगामी आर्थिक वर्षको प्रादेशिक नीति तथा कार्यक्रममा उल्लेख गरी प्रत्येक माध्यामिक विद्यालयमा नर्स व्यवस्थापन गर्ने तयारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत
-
‘तिमीसँगै हुँदा’ मा कलासँग पलको रोमान्स
-
‘शिरको नाम्लो’मा सञ्चिता फकाउँदै सरोज र धिरेन
-
यस्ता छन् ‘मिस नेपालमा २०२३’का २४ प्रतिस्पर्धी
-
नेपालले जित्यो प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि (फोटोफिचर)
-
राष्ट्रिय हित कुण्ठित हुनेगरी कुनैपनि गतिविधि नगर्न नवनियुक्त गृहमन्त्री श्रेष्ठको निर्देशन