जुम्ला लगायतका जिल्लामा भूकम्पको हल्लाले रातभर जाग्राम

जुम्ला । कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् । केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाका कारण रातभर घरबाहिर चिसोमा बसेका हुन् ।
‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला गाउँभरी फैलिएपछि त्रसति भएका सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालय, खाद्य संस्थान र महाकाली नमुना माध्यमिक विद्यालयको खुल्ला चौरमा आगो तापेर रातभर जाग्राम बसेका थिए । गलत सूचनाका कारण माघको चिसोमा दूधे बालक काखमा च्यापेर घरबाहिर बस्न बाध्य भएका स्थानीय गलत सूचना दिनेलाई सम्बन्धित निकायले खोजी गरी कारवाही गर्नुपर्ने बताउँछन् ।
गलत सूचनाले सामाजिक रूपमा मात्रै नभएर मानसिकरुपमा पनि नकारात्मक असर गर्ने भएकाले सम्बन्धित निकाय त्यस्ता व्यक्तिलाई खोजी कारवाही गर्नुपर्ने नेपाल रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्लले बताए । यसैबीच भूकम्प आउने हल्लाका कारण स्थानीय त्रसित भएपछि छायाँनाथ रारा नगरपालिका विपद् व्यस्थापन शाखाले भ्रमको पछि नलाग्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भूकम्प आउने पूर्व सूचना नहुने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
बीस वर्षअघि ‘रारा ताल फुट्ने’ भन्दै हल्ला फैलाइएपछि रारा ताल आसपासका स्थानीय भागेर अग्ला–अग्ला स्थानमा गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड
-
मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब
-
नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी
-
बालेनलाई प्रचण्डको जवाफ-'चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्ष जान्छ'
-
प्रबल गुरुङको नेपाल यात्रा : चोभारको जलविनायक र दक्षिणकाली मन्दिर घुमघाम
-
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु