शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा जलेकी संगीताको मृत्यु, पुरुषको अवस्था गम्भीर

सोमबार, १६ माघ २०७९, १४ : ३६
सोमबार, १६ माघ २०७९

काठमाडौँ । पोखरामा जलेकी संगीता सापकोटाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा महानगर–१३ मा आइतबार जलेर संगीता गम्भीर घाइते भएकी थिइन् ।  ३५ वर्षीया सापकोटाको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर सुवास तिमल्सिनाले रातोपाटीलाई बताए । 

काहुखोलामा स्थानीयले जल्दै गरेको अवस्थामा संगीता र ४५ वर्षका कृष्ण बहादुर क्षेत्रीलाई उद्धार गरेका थिए । क्षेत्री सापकोटाको घरमा डेरामा बस्थे । प्रारम्भिक अनुसन्धानबाट क्षेत्रीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्दै गर्दा घरबेटी सापकोटाले बचाउन खोजेकी थिइन् । क्षेत्रीको उपचार भइरहेको छ ।  क्षेत्रीको अवस्था पनि गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जलिरहेका कृष्णलाई उद्धार गर्न जाँदा संगीता पनि जलेको प्रारम्भिक अनुसन्धान भएको छ । ‘घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा पुरुषलाई बचाउन जाँदा महिलाको शरीरमा पनि आगो लागेको खुल्न आएको छ । घटनाको बारेमा थप अनुसन्धान भएपछि केही दिनभित्र सार्वजनिक गर्छौैं,’ इन्स्पेक्टर तिमिल्सिनाले भने । संगीताको घरमा कृष्ण विगत १५ वर्षदेखि भाडामा स्टेसनरी सञ्चालन गर्दै आएको थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप