बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालद्वारा शपथ
सोमबार, १६ माघ २०७९, १६ : १३

हेटौंडा । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गर्नुभएको प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरु उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै
-
विराट गोल्डकप : आत्मविश्वासका साथ मैदानमा उत्रिँदै विराटनगर र लुका सकर
-
नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटहरू प्रदर्शनीमा (तस्बिरहरु)
-
भोलि एक चरणको मन्त्रिपरिषद् विस्तार हुन्छ : रमेश लेखक
-
बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
-
सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित