शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा कारागारभित्रै महिला बलात्कृत भएको खुलासा

सोमबार, १६ माघ २०७९, १७ : ३९
सोमबार, १६ माघ २०७९

दाङ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुुलसीपुरकी ३० वर्षिया एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ ।  तुुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी पीडित महिला बलात्कृत भएको खुलासा भएको हो ।  कार्तिक १७ गते दिउँसो २ बजे उक्त घटना भएपनि गुपचुप राखिएको उक्त घटना सोमबार मात्रै बाहिर आएको हो । प्रहरीका अनुसार कारागार कार्यालयको भान्सा कोठामा महिला बलात्कृत भएकी थिइन् ।  

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्म्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले उनीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय तुुलसीपुरका सूचना अधिकारी पर्वत केसीका अनुसार पीडित महिला र पीडक चौधरी कारागार कार्यालय तुुलसीपुरको चौकिदार रहेका थिए । कारागार भित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी समेत उक्त पीडित महिला र पीडक चौधरीले समाल्दै आइरहेकाले पीडकले पीडित भान्सा कोठामा पसेको मौका छोपेर बलात्कार गरेको उनको भनाइ छ । 

घटनालगत्तै पीडितले कारागार कार्यालय तुुलसीपुरमार्फत इलाका प्रहरी कार्यालय तुुलसीपुरमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरीका आधारमा घटनाको अनुसन्धान गरी गत कार्तिक २८ गते नै सहकारी वकिल कार्यालयमा मार्फत जिल्ला अदालत दाङमा घटना बुुझाएको केसीले बताए ।  उक्त घटना हाल दाङ देउखुरी जिल्ला अदालत दाङमा विचाराधिन अवस्थामा रहेको छ । पीडितलई कारागार कार्यालय तुलसीपुरमा राखिएको छ भने पीडक चौधरीलाई घोराही कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय तुलसीपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप