महाकाली नदीमा फसेका मजदुरको उद्धार
कञ्चनपुर । प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । सोमबार भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो ।
पूर्वजानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्र्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए ।
आठजना ट्र्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
“ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो”, उनले भने, “इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो ।” नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड
-
मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब
-
नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी
-
बालेनलाई प्रचण्डको जवाफ-'चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्ष जान्छ'
-
प्रबल गुरुङको नेपाल यात्रा : चोभारको जलविनायक र दक्षिणकाली मन्दिर घुमघाम
-
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु