बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रविलाई हर्कको सुझाव : सरकार छाडेर प्रतिपक्षमा बस्नुस् !

सोमबार, १६ माघ २०७९, २० : ५२
सोमबार, १६ माघ २०७९

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकार छाडेर प्रतिपक्षमा बस्न सुझाव दिएका छन् । यसरी अपमानित भएर सरकारमा बसे अर्को चुनावमा १ सिट मात्र आउन सक्ने मेयर साम्पाङले चेतावनी पनि दिएका हुन् ।

सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्- ‘यति धेरै अपमानित भई भई सरकारमा बस्नु हुँदैन रवि जी र वहाँको पार्टीले सरकार छोडेर प्रतिपक्षमा जनताको आवाज घन्काउनुपर्छ नत्र अर्को चुनावमा १ सिट मात्रै आउनेछ !’

हालै मात्र अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछानेले सांसद र मन्त्री पददेखि पार्टीको सभापति पदसमेत गुमाउनु परेको थियो । नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने पुनः पार्टी सभापति बनेका छन् भने गृहमन्त्री पदमा फर्कनका लागि मरिहत्ते गरिरहेका छन् । सुशासनको चर्को नारा लगाउने लामिछानेले आफ्नो राहदानीसम्बन्धी मुद्दामा अनुसन्धान जारी रहेका बेला फेरि तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै आलोचना भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप