शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

सोमबार, १६ माघ २०७९, २१ : ५१
सोमबार, १६ माघ २०७९

अर्घाखाँची। अर्घाखाँचीमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको  ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका–९, ढिकुरामा करेन्ट लागेर सन्धिखर्क–७, डिहिडाँडाका १९ वर्षिय रोशन शाहको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण  घिमिरेकाअनुसार करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा शाह ज्यान गएको हो ।शाह केहि वर्षदेखि विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रमा  करारमा काम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप