बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धस्थल सगरहवाको प्रवद्र्धन गर्न  मूर्ती कार्यशाला गरिने

मङ्गलबार, १७ माघ २०७९, ०८ : १८
मङ्गलबार, १७ माघ २०७९

बुटवल । प्राचिन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलवस्तुको सगरहवामा आगामी फागुन २३ गते देखि कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ । लुम्बिनी विकास कोषले गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी विश्व सम्पदामा सूचीकृत भएको २५ औं बर्षको उपलक्ष्य पारेर सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरि मूर्तीकला कार्यशाला  गर्ने जनाएको छ।

कोषले कपिलबस्तुका राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य सहित स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता एंव सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरि सगरहवाको प्रचार प्रसार र प्रवद्र्धन गर्न प्राज्ञ कलाकारहरुबाट बौद्धकालिन चित्रण मुर्तीमा उतार्ने गरि कार्यशाला गर्ने निर्णय गरिएको जनाएको छ।

सो अवसरमा  राष्ट्रियसभा सदस्य विमला घिमिरेले  कपिलबस्तुको सगरहवा पुरातात्विक र ऐतिहासिक थलो भएकाले यहाँ हुने मूर्तीकार्यशालाले थप उर्जा थप्ने बताइन् । कपिलवस्तु १ का प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले गौतमबुद्धको घर र परिवार नै कपिलबस्तु राज्यमा बिताएकाले यो क्षेत्रको विकासमा कन्जुस्याई भइरहेको बताए ।


उनले विकास कोषले सगरहवाको पुरातात्विक र ऐतिहासिकता प्रदर्शन गर्ने गरि कार्यशाला गर्न लाग्नु सकरात्मक भएको भन्दै यसले कपिलबस्तुको बुद्धकालिन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले  सगरहवा अहिले पोखरी मात्रै रहेकाले त्यहाँ पर्यटकका लागि मूर्ती कार्यशालाले टेवा पुग्ने बताउँदै स्थानीयहरुलाई आम्दानीसँग पनि जोड्ने बताए ।

शाक्यमुनी बुद्धको जीवनको उतारार्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलबस्तु राज्यका शाक्यहरुको बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । संरक्षण विहिन अवस्थामा रहेको र नजिकै मानवनिर्मित जगदिशपुर तालसँग जोड्दै पर्यटक आर्कषित गर्न स्थानीयहरुको समेत अपन्तव हुने गरि कार्यशाला गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए । 

कोषले कार्यशाला सम्पन्न गर्न कपिलबस्तुबाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यहरुलाई संरक्षक, सबै राजनीतिक पार्टीका एकर एक जना प्रतिनिधिहरुलाई सल्लाहकार र विज्ञहरुको छुट्टै कमिटि गठन गरेर तयारीमा जुट्ने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप