बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री को हुने भन्नेबारे पार्टीमा छलफल नै भएको छैन : मन्त्री अर्याल

मङ्गलबार, १७ माघ २०७९, १० : ५३
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं श्रम मन्त्री डिपी अर्यालले गृहमन्त्री को हुने ? कसलाई पठाउने ? भन्ने विषयमा छलफल नै नभएको बताएका छन् । रातोपाटीसंगको कुराकानीमा अर्यालले गृहमन्त्री आफ्नो पार्टीले लिने भएपनि व्यक्तिमा केन्द्रित भई छलफल नभएको जिकिर गरे ।

 ‘गृहमन्त्रीबाट सभापति ज्यूले राजीनामा दिएपछि को हुने ? कसलाई पठाउने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन । रवि ज्यू फर्किनुहुन्छ वा अरू कोही जानुहुन्छ थाहा छैन । पार्टीमा छलफल भए पो थाहा हुने हो’ अर्यालले भने, ‘तर, गृह मन्त्रालय हाम्रो पार्टीको भागमा परेको हो । अरू पार्टीले दाबी गर्न मिल्दैन । व्यक्ति छनोट गरे पार्टीले पठाउँछ ।’ 

तर, लामिछानेले भने गैर सांसदको रूपमा गृह मन्त्रालयको जिम्मेवारीमा जान दौडधुप जारी राखेका छन् । आफूलाई चौतर्फी रूपमा घेराबन्दीमा पारेकाले गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओलीसँग लामिछानेले आग्रह गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप