इन्टरनेट व्यवसायीहरूको नेतृत्वमा नेतृत्वमा दोहोरिए पराजुली
मंगलबार, १७ माघ २०७९, १२ : ०४

काठमाडौँ । नेपाल इन्टरनेट सेवा प्रदायक सङ्घको नेतृत्वमा सुधीर पराजुली दोहोरिएका छन् । सङ्घको २२औँ साधारण सभाबाट पराजुली दोस्रो कार्यकालका लागि नेतृत्वमा चुनिएका हुन् ।
पराजुली अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा मनोज अग्रवाल चुनिएका छन् । यस्तै, महासचिवमा नवीनकुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्कर बडाल निर्वाचित बनेका छन् । यसका साथै, सचिवमा सुरेन क्षेत्री आउँदा सदस्यहरुमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा छन् ।
संस्थाको सल्लाहकारमा विनय बोहरा, विनय साउद र प्रमेश खरेल बसेका छन् । पराजुलीले पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले बढाएको पोल भाडाको विरुद्धमा भएको आन्दोलनको नेतृत्व गरेका थिए । सोही कारण, इन्टरनेट व्यवसायीहरूले पराजुलीलाई नै दोस्रो कार्यकालका लागि नियुक्त गरेका हुन् ।