माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ हुने
काठमाडौं । टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । कार्यक्रमको आयोजक संस्था संस्था दर्पण संङ्गीतालयले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए ।
टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिने बताइएको छ । आजको कार्यक्रमका प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास दिलाए ।
‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले त्यहाँ स्थान पाउने छ’ उनले भने ।
गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किसिमका सहयोग रहने बताए ।
कार्यक्रमका अर्का वक्ता गायक अमृत खातीले टिका पुन साङ्गीतिक साँझले नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा इँटा थप्ने बताए ।
कार्यक्रमका अर्का वक्ता लोकदोहोरी गायक कृष्ण कँडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिएका छन् । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण