बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माघ २१ गतेदेखि टीका पुन साङ्गीतिक साँझ हुने

मङ्गलबार, १७ माघ २०७९, १४ : २८
मङ्गलबार, १७ माघ २०७९

काठमाडौं । टीका पुन साङ्गीतिक साँझ सञ्चालनमा आउने भएको छ । कार्यक्रमको आयोजक संस्था संस्था दर्पण संङ्गीतालयले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी माघ २१ गतेदेखि उक्त सांगीतिक साँझ कार्यक्रम सञ्चालनमा आउने जानकारी गराएको हो । 

कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथिमा उपराष्ट्रपति नन्दबहादुर पुन, विशेष अतिथिमा सांस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थिति रहने कार्यक्रमका संयोजक मोतिराम खड्काले बताए । 

टीका पुन साङ्गीतिक साँझमा गायिका टिका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिने बताइएको छ । आजको कार्यक्रमका प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास दिलाए । 

‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय पनि हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले त्यहाँ स्थान पाउने छ’ उनले भने । 

गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किसिमका सहयोग रहने बताए । 

कार्यक्रमका अर्का वक्ता गायक अमृत खातीले टिका पुन साङ्गीतिक साँझले नेपाली लोक गीत संगीतको क्षेत्रमा एउटा इँटा थप्ने बताए । 

कार्यक्रमका अर्का वक्ता लोकदोहोरी गायक कृष्ण कँडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिएका छन् । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप