जानकी मेडिकलको भवनको निर्माण कार्य रोकिएन, नगरपालिकाको निर्देशन अटेरी

जनकपुरधाम । मापदण्ड विपरीत निर्माण भइरहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालले अझै भवन निर्माण कार्य रोकेको छैन ।
नगरपालिकाबाट भवन निर्माण गर्नका लागि नक्सा पास नगरी मापदण्ड विपरीत भवन निर्माण भइरहेको समाचार रातोपाटीमा प्रकाशन भएको थियो ।
सो पछि क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले पुस २८ गते मेडिकलको भवन निर्माण कार्य रोक्न निर्देशन दिएको थियो । तर, मेयरको निर्देशनलाई अटेर गरी अझै निर्माण कार्य रहेको हो ।
मेयर सुखदेव यादवले भवनको निर्माण अझै नरोकिएको भन्दै अब प्रहरी लगाएर रोकिने बताए ।
उनले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई काम रोक्न पहल गर्न आग्रह गरेका थिए तर, उक्त कार्यालयबाट थुनुवा फरार भएको घटनाले उनले कार्यान्वयन हुन सकेको छैन । अब जिल्ला प्रहरी कार्यालयलाई नै भनेर उक्त निर्माण कार्य रोक्न लगाउने उनको भनाइ छ ।
मेयर यादवले मेडिकल कलेज समयमै प्रक्रियामा नआए बनिसकेको संरचना पनि बाध्यतावश भत्काउनु पर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
-
क्रिकेट रंगशाला निर्माणका क्रममा उठेको आर्थिक पारदर्शिताको सवाल
-
दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे प्रहरीमा मिलापत्र
-
उल्टो पैदलयात्रा गर्दै ६४ दिनमा मेचीबाट दाङ पुगे चौधरी दम्पती
-
दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा
-
तेश्रो स्पर्श म्युजिक अवार्ड : उत्कृष्ट पाँच सार्वजनिक