नीति तथा योजना आयोगका उपाध्यक्ष झाले दिए राजीनामा

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । प्रदेशको विकासबारे योजना बनाउन तथा प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा मानिने आयोगका उपाध्यक्ष झाले पदबाट राजीनामा दिएका हुन् ।
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले २०७६ भदौ २२ मा डा. झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । त्यसअघिका नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई हटाएर डा. भोगेन्द्र झालाई ल्याइएको थियो ।
चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा आफूले राजीनामा दिएको झाले बताएका छन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्रको प्राध्यापकबाट अवकाश प्राप्त डा. झा नेपालको चर्चित अर्थशास्त्रीको रूपमा चिनिन्छन् ।
संघमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री फेरिएपछि योजना आयोगमा अनुकुलको पदाधिकारी ल्याउने चलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौतनवामा नेपाल–भारत सीमा समन्वय बैठक
-
चिकित्सा शिक्षाको छात्रवृत्तिमा बेथिति : बोर्डिङमा पढाई, सरकारी स्कुलबाट नक्कली प्रमाणपत्र
-
एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्ने
-
अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्कामा खोजतलास तीव्र
-
सामान्यको सरुवामा स्थानीय तहको अड्को, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन
-
राजधानीमा ओशो महोत्सव हुँदै