मकवानपुरमा १३० बिघा क्षेत्रमा लगाइएको अफिमखेती नष्ट
मंगलबार, १७ माघ २०७९, २० : ३६

हेटौंडा । मकवानपुरमा १३० बिघा अफिम र २८ बिघा गाँजा खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।
प्रहरीले लागू पदार्थ उत्पादन न्यूनीकरण अभियान सञ्चालन गरेर माघ १४ देखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ३५ बिघामा लगाइएको अफिम नष्ट गरेको हो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा ओशो महोत्सव हुँदै
-
कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि
-
‘जनप्रतिनिधिहरुले पनि मिटरब्याजी पीडितहरुको समस्यालाई नकार्ने गरेका छन्’
-
एकपछि अर्को गर्दै राजावादीलाई भेट्दै पूर्वराजा ज्ञानेन्द्र शाह
-
ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
-
पन्तको गुनासो, ‘प्रधानमन्त्री रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’