बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

दुबईमा हुने सिने फेष्ट कार्यक्रममा मेरो संलग्नता छैन : विजय लामा

बुधबार, १८ माघ २०७९, ११ : २९
बुधबार, १८ माघ २०७९

काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट तथा कलाकार विजय लामाले चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ मा आफ्नो संलग्नता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत लामाले सो कुराको जानकारी दिएका हुन् ।

लामाले बोर्डले आयोजना गर्न लागेको सो कार्यक्रमको पोष्टरमा आफ्नो स्वीकृति बिना तस्बिर राखेको भन्दै गुनासो समेत पोखेका छन् । उनले  भनेका छन्  : ‘यही पोष्टमार्फत यस कार्यक्रमसँग मेरो कुनै पनि संलग्नता नभएको जानकारी गराउन चाहान्छु । आइन्दादेखि कसैले पनि मेरो तस्बिर चलाउन परे पूर्व सूचना या स्वीकृत लिएर मात्रै गर्नुहोला ।’ 

bijaya
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप