मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासीबाट  १३३ बोरा गहुँ बरामद

बुधबार, १८ माघ २०७९, ११ : ४७
बुधबार, १८ माघ २०७९

नवलपरासी । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका–५ बसहियाबाट प्रहरीले भन्सार छलेर ल्याएको गहुँ बरामद गरेको छ । स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

भन्सार छलेर अवैध रूपमा सो गहुँ भारतबाट ल्याएको प्रहरीको आरोप छ । करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप