बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरपालिकाले ७१ जना कर्मचारी हटायो

बुधबार, १८ माघ २०७९, १६ : ५९
बुधबार, १८ माघ २०७९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । उपमहानगरपालिकाले विभिन्न समयमा नियुक्त गरेका ७१ जना कमएचारीलाई एकै पटक सेवाबाट हटाएको हो । उपमहानगरपालिकाले विगतमा करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरुको करार नवीकरण नगरेर उनीहरुलाई सेवाबाट हटाएको हो । 

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरपालिकाको कार्यपालिका र नगरसभाबाट गरिएको निर्णय लागू भएसँगै उनीहरु सेवाबाट बाहिरिएका हुन् । उपमहानगरपालिकाले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तरिक रुपमा करार र ज्यालादारीमा उनीहरुलाई नियुक्त गरेको थियो ।

विगतमा तत्काल कार्य संचलनको लागि नियुक्त गरिएको कर्मचारी लोकसेवा आयोगबाट पदपूर्ति भइ आएकाले उपमहानगरपालिकालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्य अनुसार उनीहरुको करार अवधि नविकरण नगरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उपहामनगरपालिकाबाट बाहिरिएका कर्मचारी केही मात्रामा लोक सेवा आयोगबाट प्राप्त भएको र केही माग गर्ने क्रममा रहेकाले सेवा प्रवाहमा कुनै असर नपर्ने गरी उनीहरुको करार अवधी थप नगरिएको उनले बताए ।

उपमहानगरपालिकाका अनुसार सेवाबाट बाहिरिनेहरुमा अधिकांश स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । त्यस्तै केही संख्यामा इञ्जिनियरदेखि सहायक चौथो स्तरसम्मका कर्मचारीहरुलाई उपमहानगरपालिकाले सेवाबाट हटाएको हो । उनीहरुले विगतदेखि नै मेयरको तोकादेशमा स्वास्थ्य, योजना, प्रशसान शाखामा काम गर्दै आएका थिए । उनीहरुलाई उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र  पूर्वमेयर हरिबहादुर महतको नियुक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप