मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन भारतीय पक्षलाई चेम्बरको प्रस्ताव

बुधबार, १८ माघ २०७९, १७ : ११
बुधबार, १८ माघ २०७९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, थाइल्यान्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो ।

 सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र नर्थ इस्ट डिभेलपमेन्ट फाइनान्स कर्पोरेशनका वरिष्ठ सल्लाहकार अवजित कुमार बेजबारुवासँग जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरले विम्स्टेक राष्ट्रमा सडक पूर्वाधार विकाससँगै व्यापारिक वातावरण सहज बनाउन आग्रह गरेको हो । 

सडक सञ्जाल बलियो बनाएर व्यावसायिक वातावरण सहज बनाउन सकिए आर्थिक रूपमा बिम्स्टेका सदस्य सबै राष्ट्रले ठुलो लाभ प्राप्त गर्न सक्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको भनाई छ । दक्षिण एसियाली राष्ट्रमा सडक पूर्वाधार विकास गरेर आर्थिक विकासको साझा लक्ष्य प्राप्त गर्नुपर्नेमा चेम्बरले जोड दिएको हो । 

भारतसँगको चरम व्यापार घाटा न्यूनीकरणका लागि नेपालको निर्यात सहजीकरण हुनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए ।  दुई मुलुकबीचको सीमा नाकाहरुमा सहजीकरण, सडक सञ्जालको स्तरोन्ती गरेर व्यावसायिक वातावरण बनाउनुपर्ने मल्लको भनाइ छ । अध्यक्ष मल्लले भने, ‘नेपालको करिब ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्नका लागि पहल गरिदिन म आग्रह गर्दछु ।’

उनले नेपालको विद्युत्लाई भारत र बंगलादेशमा सर्वसुलभ निर्यात गर्न सक्ने वातावरण निर्माणका लागि पनि पहल गर्नुपर्नेमा जोड दिए ।  सिक्किम, दार्जलिङमा नेपाली भाषीहरुको बाहुल्य रहेका  क्षेत्रमा नेपालबाट स्थानमा व्यापारको सम्भावना दुवै देशले खोज्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

पर्यटन, जलविद्युत, भौतिक पूर्वाधारका  क्षेत्रमा लगानीका लागि पनि उनले आग्रह गरे ।

सो भेटवार्तामा चेम्बर पदाधिकारीले नेपाली व्यापारीले भारतमा निर्यात गर्दा भोग्नुपरेको समस्याको अवगत गराएका थिए । 

नेपाल भारत प्रबुद्ध समूहका कार्यदल समेत रहेका सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार लामाले विम्स्टेका राष्ट्रमा साझा सडक सञ्जालका लागि सम्भाव्यता अध्ययन भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप