भ्रष्टाचार गरेको आरोप लगाउँदै अभिभावक र विद्यार्थीले दले प्रधानाध्यापकलाई कालोमोसो
बुधबार, १८ माघ २०७९, १७ : १८

जनकपुरधाम । धनुषामा विद्यार्थी र अभिभावकले प्रधानाध्यापकलाई कालोमोसो दलेका छन् । शहिदनगर नगरपालिका वडा नं.७ मा रहेको जनता मावि धवौलीका प्रधानाध्यापक श्रीप्रसाद यादवलाई विद्यार्थी र अभिभावकले कालोमोसो दलेका हुन् । उनीहरुले प्रधानाध्यापकको कार्यकक्षमा ताला समेत लगाएका हुन् ।
पोशाक वितरण तथा प्राविधिक प्रयोगशाला स्थापना र प्रयोगशालाको लागि सामग्री किन्नको लागि आएको बजेटमा १५ लाख भ्रष्टाचार उनीमाथि आरोप छ ।
प्रअले लामो समसयसम्म अभिभावक भेला नबोलाएको, व्यवस्थापन समिति गठन नगरेको, पठनपाठनमा कुनै ध्यान नदिएको र भन्दा पनि अटेर गर्दै आएको समेत स्थानीय अभिभावकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष
-
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
-
शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग
-
नयाँ वर्षमा यामाहाले ल्यायो 'पावर अफ फाइभ' उपहार योजना
-
निजी अस्पतालबाट सरकारी चिकित्सकको नाम हटाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
-
अन्तर्राष्ट्रिय विमानस्थलको लोभले पोखरा र लुम्बिनीका होटलहरुमा लगानी गरेका हौं : अध्यक्ष केसी