बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्छ : शर्मा

बुधबार, १८ माघ २०७९, १७ : ४०
बुधबार, १८ माघ २०७९

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाले जनतासँग सरोकार भएका ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले जनताको जीनवस्तर सुधार्न प्रदेशसभाले पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडिबुट्टीहरुलाई संरक्षण गर्ने ऐन नियमको तर्जुमा गर्नतर्फ अग्रसर हुनुपर्ने बताए । बागमती प्रदेशसभा स्थापनाको पाँचौं वार्षिकोत्सवका अवसरमा आयोजित यस कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने भावना अभिव्यक्ति गर्न प्रदेशसभाका सदस्हरुले आफुलाई व्यवहारिक बनाउन आग्रह गरे ।

‘नयाँ उर्जा र आकांक्षासहितको नयाँ सरकारमा फराकिलो जनप्रतिनिधित्व र वृहत समर्थन रहेको छ । यो अवसरलाई केवल सत्ताका लागि सरकार ठानिने पराम्परा तोड्दै जनताका लागि सरकारको अवधारणालाई प्रवलीकरण गर्ने मौकाका रुपमा उपयोग गर्न सक्नुपर्दछ ।,’ उनले भने, ‘विगतको शिक्षा र वर्तमानको अभ्यासले आगतको खाका तयार पार्ने हो । संकटापन्न आर्थिक अवस्थाको सुधार, निर्यात प्रवर्धन, आयात प्रतिस्थापन, कृषि, उद्योग, स्वास्थ, रोजगारी, वातावरण संरक्षण र जनजीवनको सुरक्षाजस्ता विषयमा चिन्तन, मनन र छलफल हुनेछ ।’

उनले श्रमजीवि वर्गको जीवनस्तर उकास्ने खालका आधारभूत योजना तर्जुमा गरी शीघ्र कार्यान्वयमा लैजानु अत्यावश्यक रहेको उनले बताए । जनताप्रति जवाफदेही बनाउने कार्यलाई आत्मासमिक्षा गरेर प्रदेशसभाको भूमिकलाई अझै प्रभावकारीका साथ कदम चाल्नुपर्ने उनको भनाई छ ।

त्यस्तै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा समानुपातिक विकासमा जोड दिने बताए । उनले विगतको अनूभवलाई समिक्षा गरेर टुक्रे योजनाभन्दा वृहत प्रकृतिका योजनाहरु बाँडफाड गर्ने उनको भनाई छ । उनले समष्टीगत रुपमा आवश्यकता अनुरुप एक योजनालाई कार्यसम्पादन गर्नेतर्फ प्रदेश सरकारको उच्च प्राथमिकता रहने बताए ।

सरकारले परिणामूखी विकास योजनालाई लक्ष्यका साथ अघि बढाउन अग्रसर रहेको उनले बताए । जनतालाई विकास आयोजनालाई कार्यान्वयन गरी जनतालाई प्रत्यक्ष लाभ पुग्ने कार्यसम्पादन गर्न सरकार प्रतिवद्धता रहेको उनले बताए ।

प्रदेशका सभामुख भुवककुमार पाठकले जनताको अपेक्षालाई प्रदेशसभाले ग्रहण गरेर आवश्यक ऐन, कानूनको तर्जुमा गर्नुपर्ने बताए । उनले राष्ट्रिय सरोकारको विषयमा प्रदेशसभाले ध्यानाकर्षण गरी सरकारलाई मार्ग दर्शन गर्नुपर्ने बताए । प्रदेशसभामा विभिन्न राजनीतिक दलको विचार र सिद्धान्त फरक रहेपनि प्रदेशसभामा निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउने कार्यलाई शसक्त रुपमा निर्वाह गर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप