सहिद हेमनारायण यादवको १९ औं स्मृति दिवस मनाइने

सिरहा । नेकपा एमाले सिरहा जिल्लाका तत्कालीन नेता सहिद हेमनारायण यादवको १९ औं स्मृति दिवस भव्यताका साथ मनाइने भएको छ । बिहीवार उनको जन्मथलो सिरहामा विभिन्न कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाउन लागिएको जनाइएको छ । सिरहाको सदरमुकाम सिरहास्थित हेम नारायण चोकमा रहेको हेमनारायण यादवको सालिकमा माल्यापर्ण गरी स्मृति दिवस मनाइने कार्यक्रम छ ।
सालिकमा माल्यापर्ण गरी नेकपा एमालेका जिल्ला स्तरीय नेताहरुले स्मृति सभाको सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक नेकपा एमाले सिरहा जिल्ला कमिटीले जानकारी दिएको छ । स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । यादवको २०६० माघ १९ गते हत्या भएको थियो ।
२०६० माघ १९ गते पार्टीको बैठकको लागि जाँदै गर्दा उनी गागन पुलबाट अपहरणमा परे । कमला नदीमा लगेर उनको हत्या भएको थियो । घरमा बैठकमा गएको र बैठकमा सहभागीहरुले बैठकमा नआएको भन्दै कसैले खोजविन गरेन ।
भोलिपल्ट उनको शव कमला नदीको पश्चिम किनारमा फ्यालिएको थियो । शव फ्यालिएको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि यादवको परिवारनले हत्या भएको थाहा पाए । यादवको हत्या गरी उनको शरीरमा माओवादीको झण्डा ओढाइएको थियो । तर, भोलिपल्टै माओवादी प्रेस विज्ञप्ति निकालेर उनको हत्यामा माओवादीको संलग्नता नरहेको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
-
पन्तको गुनासो, ‘प्रधानमन्त्री रमाउँदै, हल्लिँदै संसद् आउनुहुन्छ’
-
सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
-
तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने एकीकृत समाजवादीको निर्णय
-
अब विद्यार्थीलाई नै प्रश्नपत्र बनाउन दिऔँ : शिक्षाविद् कोइराला
-
संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुनुपर्छ : मन्त्री मोदी