बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा स्मारक निर्माण गर्न आर्थिक सहयोग

बिहीबार, १९ माघ २०७९, ०८ : २३
बिहीबार, १९ माघ २०७९

स्याङ्जा । तमुधिं युकेले स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि रु एक लाख सहयोग गरेको छ । तमुधिं युकेका अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले पोखरामा बुधबार आयोजित एक कार्यक्रमबीच स्मारक निर्माण समितिका अध्यक्ष जङ्गबहादुर गुरुङ, महासचिव डा चन्द्रबहादुर गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

साल्मेडाँडामा भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्ने गरी गोरखा स्मारक निर्माण भइरहेको छ । नेपाल भ्रमण–२०२३ सकेर बेलायत फर्कन लागेको उक्त टोलीले हालै गुरुङ समुदायको बाक्लो बस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चार भञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुङ्गाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो । 
    
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गुरुङ जातिहको नाममा धेरै सङ्घसंस्था र सङ्गठन खुलेको उल्लेख गर्दै धेरै सङ्घसंस्थालाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप