नारायणीको उत्तरी भङ्गालोमा पानी फर्काउन थालियो
कावासोती । नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ । गैँडाकोट नगरपालिकाको पहलमा गैँडाकोट–१७ को शिख्रौलीघाटबाट उत्तरी भङ्गालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नदीमा डोजर लगाएर उत्तरी भङ्गालोमा नदीको पानीलाई फर्काउन सुरु गरिएको नगरप्रमुख अधिकारीले बताए । शिख्रौली उपभोक्ता समितिका अध्यक्ष उमेश शाहीले पानीको बहाव फर्काउनका लागि आज गिद्देनी पोस्टसम्म काम गरिएको जानकारी दिए ।
यसअघि नारायणी नदीको पानी नदीजन्य पदार्थको उत्खन्नका कारण चितवनतर्फको दक्षिणी भङ्गालोमा मात्रै बग्दा निकुञ्जको सुरक्षा र जैविक विविधतामा गम्भीर असर पर्ने भन्दै यही माघ २ गते र आज राससमा समाचार प्रकाशित भएको थियो ।
चितवनको सेती देवी सामुदायिक वनको आसपास नदीजन्य पदार्थको उत्खनन् गरिँदा नारायणी नदीको पानी ९५ प्रतिशत बढी दक्षिणी भङ्गालोमा बग्न सुरु गरेपछि नवलपुरतर्फका उत्तरी भङ्गालो सुक्खा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन