बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका अपदस्थ प्रधानमन्त्री खानका वरिष्ठ सहयोगी पक्राउ

बिहीबार, १९ माघ २०७९, २२ : ४६
बिहीबार, १९ माघ २०७९

इस्लामावाद । पाकिस्तानका पूर्व गृहमन्त्री तथा अपदस्थ नेता इमरान खानका बरिष्ठ सहयोगीलाई बिहीबार पक्राउ गरिएको छ । खानसँग गठबन्धनमा रहेको पार्टीका प्रमुख शेख रसिद अहमद इस्लामाबादको अदालतमा उपस्थित भएका समय पक्राउ गरी दुई दिनका लागि हिरासतमा राखिएको होे ।

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारीले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानलाई मार्न हत्याको षडयन्त्र रचेको आरोप लगाएको र पूर्व राष्ट्रपतिको मानमर्दन गरेको भन्दै अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टीका एक अधिकारी राजा इनायत योर रहमानले अहमदले जनतालाई भड्काउने प्रयास गर्नुभएको दाबी गरेका छन् । पाकिस्तानले सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको छ, कमजोर गठबन्धन सरकारले अक्टोबरमा हुने आम चुनावअघि घट्दो लोकप्रियतासँग जुधिरहेको छ ।

खानको कार्यकालमा सूचनामन्त्री रहेका फवाद चौधरीलाई इस्लामाबादको एक अदालतले एक हप्ता हिरासतमा बिताएपछि जमानत दिएको केही घण्टापछि बिहीबार उनलाई पक्राउ गरिएको हो । खानको पार्टी पीटीआईले सार्वजनिक गरेको प्रहरी रिपोर्टअनुसार चौधरीलाई निर्वाचन आयोगका अधिकारी र उनीहरूका परिवारलाई टेलिभिजनमा गरिएको टिप्पणीमा ‘उत्पीडन र धम्की’ दिएको आशङ्कामा पक्राउ गरिएको हो ।

खान र उनको पार्टीका अन्य नेताहरू अदालती मुद्दाहरूमा फसेका छन्, जुन विपक्षी समूहहरूले सामना गर्नुपरेको साझा अवरोध हो । यसलाई अधिकार अनुगमनकर्ताहरूले उनीहरूलाई पदबाट हटाउनका लागि योजनाबद्ध षड्यन्त्र भएको बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप