निर्वाचनमा अन्तर्घात गर्ने नेता-कार्यकर्ताप्रति कठोर बन्दै जसपा
शुक्रबार, २० माघ २०७९, ०८ : ४६

काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालले निर्वाचनको समयमा पार्टीभित्र रहेर अन्तर्घात गर्ने, आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, निर्वाचनको समयमा निष्क्रिय रहने वा असहयोग गर्नेहरूलाई कारबाही गर्ने भएको छ ।
बारा जिल्ला समन्वय समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले “निर्वाचनमा धोका दिने नेता कार्यकर्तालाई पार्टीमा कुनै स्थान नहुने” बताएका थिए ।
निर्वाचनमा भएका गतिविधिबारे छानबिन गर्न बनेको समितिले अन्तर्घातको आरोपितहरूलाई पत्र काटेरै स्पष्टीकरण लिन थालेपछि निर्वाचनमा अन्तर्घात गर्नेहरूप्रति जसपा कठोर बन्ने सङ्केत देखिएको छ ।
शिवलाल थापा संयोजकत्वको ५ सदस्यीय समितिले केन्द्रीय तहका नेताहरूको छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको बजेट: फेरि पनि कर्मकाण्डमै सीमित
-
इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?