शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ

शुक्रबार, २० माघ २०७९, १२ : ४४
शुक्रबार, २० माघ २०७९

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई विदेश पलायन भएका छन् । राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी राई शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर नयाँ सिजनमा क्लबमा नदेखिने भएका छन् । एन्फाले नयाँ सिजनको लिग फागुन १९ गतेबाट सुरु गर्ने योजना बनाएको छ ।

विशालले मनाङ मर्स्याङदी क्लबबाट पनि लिग खेलेका थिए । विशालले नेपालको उमेर समूह हुँदै राष्ट्रिय टोलीबाट खेलेका हुन् । विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप