बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रीनउडमाथि लागेको बलात्कार आरोप खारेज

शुक्रबार, २० माघ २०७९, १२ : ५३
शुक्रबार, २० माघ २०७९

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रीनउडमाथि लागेको बलात्कार आरोप खारेज भएको छ । ग्रेटर म्यानचेस्टर प्रहरीले ग्रीनउड विरुद्धका सबै आरोपहरू खारेज भएको घोषणा गरेको छ । उनीमाथि बलात्कार र आक्रमणको आरोप लागेको थियो । प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउड गत वर्षको जनवरीमा पक्राउ परेका थिए ।

प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बिरहरू सार्वजनिक गरेका थिए । पीडित पक्षबाट मुद्दा फिर्ता लिएपछि ग्रीनउडविरुद्ध लागेको सबै आरोप खारेज भएको हो । युनाइटेडबाट निलम्बनमा परेका उनी अब सबै आरोपहरू खारेज भएपछि टिममा फर्कनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप