शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

शुक्रबार, २० माघ २०७९, १६ : ०४
शुक्रबार, २० माघ २०७९

एजेन्सी । अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वर्ल्डले दाबी गरेको छ ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनु दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको नवीकरणको प्रतीक भएको बताएका छन् । सन् १९९३ मा अमेरिकाले टापु राष्ट्रमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो ।

“आज हामी संयुक्त राज्य अमेरिकाको होनियारा, सोलोमन टापुमा दूतावास खोलेका छौँ,  हामीले दूतावास स्थापना गर्ने  चाहना घोषणा गरेको एक वर्षभन्दा कम समयमै त्यो पूरा भएको छ । यसबाट हाम्रो सम्बन्ध नविकृत भएको छ, यसले हाम्रो द्विपक्षीय सम्बन्धप्रतिको प्रतिबद्धता झल्काउँछ । सोलोमन टापुका जनता तथा एशिया–प्रशान्त क्षेत्रमा हाम्रो साझेदारी बढाउन सहज हुनेछ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अमेरिकाले सोलोमन टापुसँग आर्थिक विकास तथा साझेदारी, कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनका चुनौतीलगायत समस्या सम्बोधनमा सघाएको तथा ती क्षेत्रमा जारी सहयोग एवम्   साझेदारीलाई सुदृढ गर्न तत्पर रहेको जनाएको छ । जनता–जनताबीचको सम्बन्ध विस्तारमा दूतावासको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दैै विज्ञप्तिमा प्रशान्त क्षेत्रका अन्य टापु राष्ट्रसँको साझेदारी प्रवद्र्धनमा बल पुग्ने विश्वास व्यक्त गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप