नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरको सम्मेलन सुरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी किसान संघ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले गरे । सम्मेलनको उद्घाटन भक्तपुरको मधयपुर थिमि नगरपालिका वडा नं ८ बोडेको लाछी टोलमा भएको छ । सम्मेलन सुरु हुनअघि शङ्खघर चोक मध्यपुर थिमिमा भेला भएर निकालिएको बाजागाजासहितको र्याली बालकुमारी, चपाचो, पुरानो ठिमी, नगरदेश हुँदै बोडेको लाछी टोलमा पुगेको थियो ।
सो क्रममा उनीहरुले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, जोताहा किसानहरूलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।
नेक्राकिसंघ जिल्ला सम्मेलन तयारी समितिका संयोजक गोविन्द दुवालको सभापतित्वमा कार्यक्रम भएको हो । सम्मेलनमा काठमाडौँ, ललितपुर र काभ्रेका किसान प्रतिनिधिहरूले पनि सम्वोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा
-
बुद्ध थिएटर फेस्टिबलमा ‘प्रतिविम्ब’ र ‘पट्टाचारा’ मञ्चन
-
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
-
जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा पक्राउ
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या