बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको छ : मुख्यमन्त्री शर्मा

शुक्रबार, २० माघ २०७९, १७ : ३७
शुक्रबार, २० माघ २०७९

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि महोत्सव सुरु भएको छ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले महोत्सवको उद्घाटन गरेका छन् ।  उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली समृद्धिको यात्रा थालनी भइसकेको बताए ।  उनले अब कर्णालीमा विकास र समृद्धि हुने बताए । शर्माले अगाडि भने,‘ यहाँको गरिबी, कुसंस्कारका विरुद्ध मैदानमा उत्रिने छन् र हामी त्यसको अगुवाई गर्नेछौँ ।’ 

शर्माले अवस्था परिवर्तनका लागि चाहिएका नीति, कार्यक्रमहरु संविधानको स्प्रिडमा अघि बढ्ने बताए ।  ‘कर्णालीमा आर्थिक समृद्धि, आर्थिक सम्पन्नता र रोजगार चाहिएको छ,’ उनले भने, ‘आर्थिक सम्पन्नता भनेको सुःखको कुरा हो, सुःख मात्र भएर पुग्दैन, खुःसी पनि चाहिएको छ ।’  शर्माले समृद्धिको अभियानमा शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भन्ने मुल नारालाई समेटेर प्रदेश सरकार अघि बढ्ने बताए । 

प्रदेशको नीति, निर्माणका क्षेत्रमा जनताको सहभागीता आवाश्यक हुने शर्माको भनाई छ । माघ २८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा गरिएको हो । प्रदेशको औद्योगिक व्यापार, नवीनतम कृषि प्रदर्शनी तथा व्यापार गर्ने उद्देश्यका साथ आजोजना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप