मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा भने कार्य विभाजन हुन बाँकी छ । मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन् । जसअनुसार ९ जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा अर्का नेता सरोजकुमार यादव नियुक्त भएका छन् भने सञ्जयकुमार यादव अर्थमन्त्री बनेका छन् । यसैगरी वसन्तकुमार सुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दा महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्यमन्त्री बनेका छन् ।
यसैगरी सुरिताकुमारी साह सामाजिक विकास मन्त्री, सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार, सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री बन्दा मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्रीहरुमा अबुल कलाम आजाद, केशव राय र संञ्जय कुमार यादव रहेका छन् । मन्त्रीहरूको आजै प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’