सम्झना कप टेबलटेनिस : नविता र रविना फाइनलमा

काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ र कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जन पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा फाइनल प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रवार भएको सेमिफाइनलमा नविताले कान्तिपुर भ्यालीकी दिया देउलालाई ११–४, ११–८, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् । रविनाले प्रहरीकी एलिना महर्जनलाई ११–८, ११–५, ९–११, ११–६ र ११–९ को सेटमा हराइन् ।
सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. को मुख्य प्रायोजनमा ललितपुर जिल्ला टेबलटेनिस क्लवद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रहरीका विनेश खनियाँ र ग्लोवल टेबलटेनिस एकेडेमी, भारतका सन्तोष कुमारले उपाधि भिडन्त पक्का गरे । विनेशले ग्लोवलका भ्रिसन बभनकालाई ११–५, ११–५, ११–९ र ११–८ तथा सन्तोषले वाइल्ड कार्ड, भारतका प्रशन्न कुमारलाई १०–१२, ११–७, ११–६, १५–१३ र ११–९ को सेटमा स्तब्ध बनाए ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गोल्खपाखा समाज सेवाका चन्दन साहीले स्वर्ण जिते । चन्दनले पूर्व राष्ट्रिय च्याम्पियन न्यातपोलो कर्नर टिमका शिवसुन्दर गोथेलाई १०–१२, ११–६, ५–११, ११–९ र ११–५ ले पन्छाए । प्रतियोगिताको अन्तिम दिन शनिवार पुरुष/महिला सिंगल्सको फाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु
-
न्यायिक समिति राष्ट्रिय सम्मेलनबाट ११ बुँदे न्यायिक समिति काठमाडौँ घोषणापत्र जारी
-
जनप्रतिनिधिले न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु हुँदैन : कार्की
-
व्यवसायी श्रेष्ठले फेरि उपाध्यक्षमा उम्मेदवारी दिने, साना तथा मझौला व्यवसायीको पक्षमा उभिने उद्घोष
-
फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
-
शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग