ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकका ठुला दलहरुले देशलाई निकास दिन नसक्ने बताएका छन् । शुक्रबार रौतहटको गरुढामा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले अब आजपाले मात्र देशलाई विकसित र समृद्ध बनाउने दावी गरे ।
अध्यक्ष साहले ठुला दलका नेताले जनतामाथि अन्याय र अत्याचार गर्न थालेपछि आफ्नो नेतृत्वमा नयाँ दल स्थापना गरेको स्पष्ट पारे । उनले भने, ‘ठुला दल र ती पार्टीका नेताले देशलाई निकास दिन सक्दैनन् । अब आजपाले मात्र देशलाई विकसित र समृद्ध बनाउँछ ।’
उनले विदेशी मुलुकहरुमा सरकार सानो हुने तर नेपालमा भने ७६१ वटा सरकार भएकोले आथिर्क भार बढेको आरोप लगाए । उनले आम जनताका लागि लड्ने कोही नभएको बताउँदै त्यसैले देशमा गरिबी बढेको बताए ।
पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश इन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, आम मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष लालबाबु मंसुरी, उमेश कुशवाहा, बबिता साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
नेपाल–इटली उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल निर्वाचित
-
महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?
-
उपेन्द्रलाई टक्कर दिन राजेन्द्र महतोले बारा-२ मा उम्मेदवारी दिने
-
मधेस प्रदेशमा एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा
-
नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने स्वर्णिम वाग्लेको घोषणा