राजनीति
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु, झाक्री अनुपस्थित
शनिबार, २१ माघ २०७९, १२ : २३

ललितपुर । नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक शुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा शुरु भएको हो । आजबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् । प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ । बैठकमा पार्टी सचिव रामकुमारी झाक्री भने अनुपस्थित रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : चेम्बर
-
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता, भोलि पेसी
-
गाँजा खेतीको सम्भावनाको अध्ययन गर्ने योजना सकारात्मक–चेम्बर
-
अर्थमन्त्रीले गरे सांसद विकास कोषलाई छुट्याइएको रकमको बचाउ
-
बजेट लगत्तै सेयर बजारमा ५३ अंकको पहिरो
-
शिक्षा, भौतिक र गृहमा झन्डै एकतिहाइ बजेट, १० वटा मन्त्रालयको बजेट काटियो