शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उल्भ्सले लिभरपुललाई हरायो

शनिबार, २१ माघ २०७९, २२ : ५७
शनिबार, २१ माघ २०७९

एजेन्सी । लिभरपुलले प्रिमियर लिग फुटबलमा उल्भ्ससँग हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्ससँग ३–० गोल अन्तरले पराजित भएको हो ।  घरेलु मैदानमा उल्भ्सको जितमा क्रेग डसन र रुबेन नाभासले एक एक गोल गरे । उल्भ्सले एक आत्मघाती गोल उपहार पाएको थियो ।

उल्भ्सले खेलको पाँचौं मिनेटमा लिभरपुलका जोएल माटिपको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । उल्भ्सका लागि खेलको १२ औं मिनेटमा डसनले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।  खेलको ७१ औं मिनेटमा नाभासले गोल गर्दै उल्भ्सलाई ३–० को जित दिलाए ।

जितसँगै उल्भ्सले २१ खेलमा २० अंक जोडेर उल्भ्स १५ औं स्थानमा छ ।   लिभरपुल २९ अंक जोडेर दशौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप