बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली भाषीलाई 'बिदेशी' भनेको भन्दै सिक्किमा आन्दोलन

आइतबार, २२ माघ २०७९, ०७ : ३०
आइतबार, २२ माघ २०७९

झापा ।  सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।

भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘बिदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वानसमेत गरेको छ ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेश बिरुद्ध चाम्लिङ आफैं धर्नामा सहभागी भएका थिए । शनिवार देखी भएको धर्ना आज पनि जारी रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप