शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ ‘जासुसी बेलुन’ खसाल्ने एफ–२२ जेटका पाइलटलाई बाइडेनले दिए बधाई

आइतबार, २२ माघ २०७९, ११ : ०१
आइतबार, २२ माघ २०७९

चीनको ‘जासुसी बेलुन’ लाई अमेरिकी एफ–२२ लडाकु विमानले दक्षिण क्यारोलाइना एटलान्टिक तटको नजिकै खसालेपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले पाइलटलाई बधाई दिएका छन् ।

यसअघि एफ–२२ लडाकु विमानका पाइलटले एक AIM-9X साइडविन्डर मिसाइलबाट यो बेलुनलाई निशाना बनाइएको थियो ।

यस्तै, बाइडेन प्रशासनका एक अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा यो बेलुन खसालेपछि अमेरिकाले सिधै चीनसँग कुरा गरेको छ ।

बेलुन खसाल्ने आदेश राष्ट्रपति जो बाइडेनको आदेशमा गरिएको हो । पछि एक सैन्य अधिकारीले यो बेलुन खसालेको प्रक्रियाबारे पत्रकारलाई जानकारी दिए ।

अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार बेलुन खसालेपछि यसले मानिसलाई कुनै पनि खालको समस्या नदिओस् भनेर यसलाई समुद्र माथि पुग्ने बेलासम्म प्रतीक्षा गरियो ।

अमेरिकी सेना अब समुद्रमा छरिएको बेलुनका टुक्राहरू खोजिरहेको छ । यी टुक्राहरू समुद्रमा करिब ११ किलोमिटरसम्म फैलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप