रवि लामिछाने नेतृत्वको रास्वपामा सरकारबाट बाहिरिनुपर्ने मत बलियो

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछोनलाई गैरसांसदको हैसियतमा मन्त्री नबनाउने अडान लिएपछि सरकारबाट बाहिरिने मत बलियो बन्दै गएको हो ।
पार्टीका बैठकहरूमा सरकारबाट बाहिरिने मत बलियो हुँदै गएको प्रवक्ता मुकुल ढकालले बताए । ‘हामी बैठक बस्दैछौँ । पार्टीका अधिकांश नेताहरूको मत सरकारबाट बाहिरिनुपर्छ भन्ने धारणा छ’ ढकालले भने, ‘आजको बैठकपछि पार्टीले एउटा निर्णय गरेर निष्कर्षमा पुग्छौँ ।’ आफू प्रवक्ता भएकाले आधिकारिक निर्णय नहुँदासम्म सरकारमा रहने वा नरहने भन्न नमिल्ने ढकालले बताए ।
पार्टीका बैठकहरूमा लामिछानेले आफूलाई जनतामा जान दिन आग्रह गर्ने गरेको अर्का एक नेताले बताए । ‘मलाई अन्याय भएको छ । मेरो कुरा भन्न जनतामा जान दिनुस्, जनताले जे जस्तो फैसला गर्छन् त्यो स्वीकार गर्न तयार छु,’ लामिछानेका भनाई उदृत गर्दै ती नेताले भने, ‘सभापतिज्यू गृह मन्त्रालय नपाए सरकारमै बस्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ । पार्टीका अरू नेतासहित प्रधानमन्त्रीज्यू र एमाले अध्यक्ष केपी ओली कारण मात्र अहिलेसम्म रास्वपा रोकिएको हो ।’
प्रधानमन्त्री प्रचण्ड लामिछाने नेतृत्वको पार्टीलाई अरू कुनै मन्त्रालय दिएर जाने पक्षमा छन् । गृह मन्त्रालय लामिछानेलाई दिएमा स्वार्थ बाझिने भएकाले अन्य कुनै मन्त्रालयमा पार्टीकै सांसदलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् । तर, लामिछाने भने गृह मन्त्रालयमै गैरसांसदको रूपमा आफूलाई पठाउन दबाब दिँदै आएका छन् । यो विषयमा कुरा नमिलेपछि रास्वपामा सरकारबाट बाहिरिने अवस्था बन्दै गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लगाएर माछा मार्ने क्रममा साथीको मृत्यु भएपछि तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता
-
विश्वविद्यालयलाई सय शय्याको अस्पतालमा घटुवा गरेपछि सुदूरपश्चिमवासी ‘फायर’
-
प्रधानमन्त्रीले केही समयपछि चीन भ्रमण गर्नुहुन्छ : सापकोटा
-
महिला टी २० क्रिकेट : आज पुनः मलेसियासँग भिड्दै नेपाल
-
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
-
चिवाभञ्ज्याङ नाका खोल्न माग