शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समता लघुवित्तले १८ प्रतिशत लाभांश वितरण गर्ने

आइतबार, २२ माघ २०७९, १२ : ३२
आइतबार, २२ माघ २०७९

काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । समताले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । लघुवित्तको सञ्चालक समितिको १३८ औं बैठकबाट चुक्ता पूँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ बराबरको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो । चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुने ५ करोड १४ लाख ११ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

यस्तै, चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने १ करोड २ लाख ८२ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्ने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप