शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : रास्वपाका सांसद अनुपस्थित

आइतबार, २२ माघ २०७९, १४ : ३४
आइतबार, २२ माघ २०७९

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् ।

एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन् । 

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद् बैठकमा अनुपस्थित भएका हुन् । प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद् बैठकमा अनुपस्थित भएका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप