राप्रपाकी सांसद लामाद्वारा प्रदेश संरचना खारेजीको माग

मकवानपुर । बागमती प्रदेशसभा सदस्य आशा लामाले प्रदेश संरचनाको खारेजीको माग गरेकी छिन् । राप्रपाको समानुपातिक कोटाबाट सांसद बनेकी उनले आइतबार बसेको प्रदेशसभा बैठकमा शून्य समयमा बोल्दै देशले सङ्घीयता धान्न नसक्ने भएको भन्दै खारेजीको माग गरेकी हुन् ।
तीन तहको संरचनाको कारण जनतालाई करको मार परको उनको भनाइ छ । सङ्घीयताको कारण देशको अर्थतन्त्र खोक्रो भएको उनले बताइन् । ‘तीन तहको संरचनाले गर्दा जनतालाई करको मार परेको सङ्घीयताको कारणले गर्दा देशको अर्थ व्यवस्था खोक्रो भएको ।’ उनले भनिन्, ‘चालू पुँजी पनि धान्न मुस्किल भइरहेको । देशमा सङ्कटकाल घोषणा गर्न बाँकी रहेको अवस्थामा विज्ञहरूले बताउँदै आइरहेको अवस्थामा के हामी सङ्घीयताको उचित अभ्यास गरिरहेका छौँ । यो सङ्घीयता देशले धान्न सकेन त्यस कारणले गर्दा राज्यलाई २ तहको कायम गर्न व्यवस्था परिवर्तन गरौँ । की भने सङ्घीयता नै खारेज गरौँ भनेर माग गर्दछु ।’
राप्रपा बागमती प्रदेशमा सत्ता साझेदार दलको रूपमा रहेको छ । प्रदेशमा ३ वटा मन्त्रालयको जिम्मेवारी राप्रपाले लिएको छ भने प्रदेशको सभामुखमा राप्रपाका भुवन कुमार पाठक रहेका छन् ।
उनले आदिवासी जनजातिको भाषा संस्कृतिहरू प्रदेशको मात्र नभई राष्ट्रको नै गहना भएको बताइन् । उनले अहिलेको अल्पकालीन विकासको कारण प्रदेशका हरिया डाँडाकाडाँहरुलाई उजाड बन्दै गएको बताइन् ।
‘ अहिलेको अल्पकालीन विकासको कारण प्रदेशका हरिया डाँडाकाडाँहरुलाई उजाड बन्दै गएको छ । त्यहाँका स्थायी बासिन्दाहरूलाई विस्थापित गर्ने काम भइरहेको छ । युवाहरू विदेश पलायन भएर सस्तो मूल्यमा श्रम बेच्नु परेको प्रति हामीले गम्भीरतापूर्वक लिने कि नलिने ?’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ
-
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड : उत्कृष्ट ५ सार्वजनिक
-
इलाममा साहित्य महोत्सव हुने
-
अन्य मन्त्रीले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री खान